भक्तपुर बहिराको संघको साधारण सभा सम्पन्न

147

भक्तपुर । भक्तपुर बहिरा संघको आयोजनामा शनिबार सिद्धि स्मृति प्रतिष्ठानमा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष गंंगालक्ष्मी अवालको प्रमुख आतिथ्य २७ औ भक्तपुर बहिरा संघको साधारण सभा सम्पन्न भयो ।
प्रमुख अतिथिको आसनबाट रोटरी क्लव भक्तपुरका अध्यक्ष गंगालक्ष्मी अवालले भक्तपुर जिल्लाका बहिरा अपांगहरुको हकहित अधिकार संरक्षण एवं स्वावलम्बन जीवन स्थापना गर्न शिक्षा तथा नेपाली सांकेतिक भाषा प्रशिक्षण तथा रोजगारमूलक सिप विकास तालिममा लगायत बहिरा संघको भवन निर्माण कार्यमा रोटरी क्लवबाट आर्थिक सहयोग गर्ने बताउनु भयो ।
विशेष अतिथि सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेलले भक्तपुर बहिरा संघबाट शिक्षा तथा रोजगारी दोभाषे सांकेतिक भाषा प्रशिक्षणका कार्यक्रममा बहिरा संगठित भइ वहाँहरुकै सकृयतामा जग्गा खरिद भएकोमा बधाई दिनुहुंदै सो जग्गामा भवन निर्माणका लागि अस्पतालबाट प्रत्येक बहिराका लागि खुत्रुकेको व्यवस्था गर्ने बताउनु भयो ।


नेपाल मार्सल आट्स हाप्किडो संघका अध्यक्ष पद्मा खयरगोलीले शुभकामना मन्तव्य राख्नु हुंदै बहिरालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने, बहिराहरुको पनि भावना संवेग बुझेर बहिराको हकअधिकारको लागि आवाज उठाउन हामी आफैले पहल गर्नूपर्नेमा जोड दिनुहुंर्दै दोभाषेको विस्तारको साथै महिलाका स्वास्थ्य तथा सुरक्षाको लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनमैया देउबञ्जराले बहिरा संघको बहिरा संघको भवन निर्माण कार्यमा भक्तपुर उद्योग बाणिज्य संघबाट पनि आर्थिक रुपमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा गैसस महासंघ नेपालका भक्तपुर जिल्ला शाखाका महासचिव विजय धौभडेल, काभे्र बहिरा विकास संघका अध्यक्ष विरबहादुर बोगती, भक्तपुर बहिरा संघका संस्थापक अध्यक्ष नकुल प्रसाद अधिकारी लगायत राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपाल, राष्ट्रिय अपांग महासंघ वागमती प्रदेश समितिका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा भक्तपुर जिल्ला बहिरा संघका अध्यक्ष जयराम पकानेवारको सभापतित्वमा साधारण सभाको औपचारिक कार्यक्रमको संचालन भक्तपुर बहिरा संघका सचिव समिर देशेमरु, दोभाषे संघका उपाध्यक्ष टिकाराम लामिछाने र सुनिता श्रेष्ठले गर्नुभएको थियो ।