नालायक हुनु भन्दा त कोख नै बाँझो भएको भए पनि हुन्थ्यो ।
सानोमा नै मरेको भए पनि केही दिन रुन्थ्यौ सकिन्थ्यो अहिले दिन दिनै रुनु त पर्दैनथ्यो ।
आदी गाली सामान्य भई सकेको एक जिउँदो लास जस्तो जीवनबाट
यात्रा यो क्षेत्रमा साढे दुई दशकदेखिको हो ।
गाली खने सुरुवात लागू औषधको सेवनबाट भयो ।
डेढ दशक लागूलौषधको सेवनबाट कसरी बित्यो अत्तो पत्तो छैन ।
डेढ दशक लागू औषध प्रयोगकर्ताको रूपमा जीवनलाई मृत बनाई जिउँदो लास जस्तै घिसार्दै हिडेंको हिजो जस्तो लाग्छ ।
लाग्थ्यो मृत संसारको यात्रामा संसार नै मृत भई सके मरो लागी सबै मरी सके कोही छैन मेरो मर्म बुझ्ने ।
तर यो मृत संसारमा पनि मैले जिउँदो तथा सहयोगी दिव्य मृत आत्माहरूको स्वरूपको जीवन्त दर्शन गरेँ । सँगै लागू औषध प्रयोग गरेता पनि म मृत आत्मा तर उनीहरू चाहिँ दिव्य मृत आत्मा ।
सँगै अरूलाई उचाल्ने, थचार्ने, शोषण गर्ने र आफ्नो स्वार्थ पूर्तिका लागि सबै प्रकारको साम दाम दण्ड भेद प्रयोग गरी आफ्नो उद्देश्य पूर्ति गर्ने दिव्य मृत आत्मा ।
मित्रवत् व्यवहारमा पनि सबै प्रकारको स्वार्थको प्रस्फुटन गर्ने महान् तर मृत दिव्य आत्मा । एक दशकमा मैले सबै प्रकारका आत्माहरूसँग सहकार्य गर्ने मौका पाए ।
तर यी मृत दिव्य आत्माहरूको साक्ष्यात जीवन्त दर्शनको अनुभूतिलाई जीवनपर्यन्त पनि बिर्सिन नसकिने अनुभव अनुभूति गरे ।
मेरो अहोभाग्य यो अनुभूति गरे । र आज पनि म यही शक्तिले जिउँदो हुने प्रयासमा छु ।
दिव्य मृत आत्माहरूको तिक्त वरदान स्वरूप …. तर विडम्बना दिव्य मृत आत्माहरू आइएन्जीयो का ठुला एनजीयो तथा सञ्जालको दिव्य आसनमा आसीन भई पहिलाको भन्दा पनि घिनलाग्दो व्यवहारमा लिप्त रहेको देखिरहेको छु ।
पहिला समकक्षीलाई मात्र मूर्ख बनाई व्यक्तिगत स्वार्थ सिद्ध गर्ने तर आज दिव्य मृत आत्माहरू आइएन्जीयो का ठुला एनजीयो तथा सञ्जालको दिव्य आसनमा आसीन भई मालामाल भएर सम्पूर्ण समुदायलाई मूर्ख बनाई मेरो गोरुको बाह्रैटक्काको सिद्धान्त अपनाएर घात गरिरहेको अनुभूति हुन्छ ।
हाम रिडक्सन होस वएसटी होस, एचआईभी तथा लागूपदार्थको कुनै परियोजना होस यावत तालिम होस, ठुलो कुनै कार्यक्रम होस्, आफ्नो विष्ट पूरा गर्ने हर सम्भव प्रयास भई रहेको देखिरहेको छु ।
जय होस प्रभु मृत दिव्य आत्माहरू एचआइभी, लागूपदार्थ, वएसटी , क्षतिन्यूनिकरण तथा तालिमका दिव्य मृतआत्माहरु निर्लज्ज भाव सुन्ने कुन्ठित्सुपर स्वार्थी मुटु विहीन मृत दिव्य आत्माहरू ….. आफ्नो तथा आफ्नो समूहको मात्र हित साधन प्रयासरत एचआइभी एड्स,वएसटी ,कियर एन्ड सपोर्ट का कथित दिग्गज दिव्य मृत आत्माहरू …. आफ्नो मात्र होइन पहुँच सम्म पुग्न नसकेका लागूपदार्थ प्रयोगकर्ता, एचआइभी तथा हेपटाइटीस सी सङ्क्रमितहरूको बारेमा पनि सोच्ने हो कि ? नत्र दिव्य होइन मृत आत्मा मात्र हुनुपर्ने हो कि ?