बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा एकैपटक २३५ रुपैयाँले वृद्धि

24

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ।

एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३।१७ रुपैयाँ र डिजेलमा २।४८ रुपैयाँ र ग्यासमा १८६।४५ रुपैयाँ वृद्धि गरेको थियो। विहिबार राति १२ बजेपछि मूल्यवृद्धि गरेको निगमले जानकारी गराएको छ ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।