कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला

20

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । बुधबार दिउँसो रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले घारिलो हतियारले आक्रमण गरेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए ।

यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।