भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले सबैको कल्याण गर्न सक्नु नै धर्म भएको बताउनुभएको छ ।
श्री कृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरको कृष्ण प्रणामीहरूको मूल मन्दिर कटुन्जेमा उहाँले सबैको कल्याण हुने काम गर्नु नै धर्म भएको बताउनुभएको हो ।
श्रीकृष्ण प्रणामीहरूको मूल मन्दिर कटुन्जेमा एक महिना देखि लगाइएको बीतक चर्चा समापन कार्यक्रममा सरिक हुँदै थापाले सबैको हित हुने काम गर्नु पर्ने बताउनुभएको हो ।
यस्तै मन्दिर दर्शन बीतक समापन तथा कृष्ण जन्माष्टमीको कथा श्रवण गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले मन्दिर संरक्षण तथा विस्तारका लागि आफूले सक्दो सहयोग गर्दै आएको बताउनुभएको थियो ।
उहाँले कृष्ण प्रणामी धर्मको प्रचार प्रसार गराउन सकेमा समाजमा कुलतमा लाग्नेहरूको सङ्ख्यामा पनि कमी आउने बताउनुभयो ।
धर्म समाज विकासको एक पाटो भएको बताउँदै उहाँले हाम्रो धर्मले हामीलाई सुमार्गमा जिउन सिकाएको उहाँले बताउनुभएको थियो ।