देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय छन् : सुरेश श्रेष्ठ 

88

भक्तपुर । देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक क्लबको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल देशमा द्वन्द्व निम्त्याउने तत्त्वहरू सक्रिय भएको बताउनुभएको हो ।

देशमा हाल द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भएर लागेका छन् जसलाई परास्त पार्न हामीले द्वन्द्व हैन शान्ति पूर्वक सम्झाउनु पर्ने भएको छ जसका लागि पूर्व सैनिक पनि योग्य हुन उहाँले भन्नुभयो ।

 

 

नेपाली काँग्रेसका सह महामन्त्रीलाई खुकुरी हानेको स्मरण गर्दै उहाँले यसरी नेतालाई खुकुरी हानेर हिंसा गरेर हुने भए माओवादीलाई शान्तिको मार्गमा किन ल्याउनु पर्थ्यो र उनीहरूको काम नै ठिक थियो भन्ने भई हाल्थ्यो नि । तर शान्तिको मार्गमा उनीहरूलाई नल्याएको भए देश आज कहाँ हुन्थ्यो कति नेपालीले ज्यान गुमाउनु पर्थ्यो त्यो पनि स्मरण गर्नु पर्ने उहाँले बताउनुभयो । हिजो १७ हजार नेपाली त मरी सके अव फेरी त्यो क्रम दोहोर्‍याउन केही तत्त्व लागी परेका छन् जसलाई शान्ति पूर्वक पूर्व सैनिकहरूले समाधानका लागि लागि पर्नु पर्ने उहाँको धारणा थियो ।

यस्तै कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सामाजिक विकासका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभएको छ । उहाँले सामाजिक विकासका लागि दल भन्दा पनि माथि उठेर सबै एक जुट हुनु पर्ने उहाँको धारण थियो । हिजो कुनै राजनीतिक दलबाट हामी निर्वाचित भयौँ होला तर निर्वाचित भई सके पछि जनप्रतिनिधि सबैको साझा हुन् दलबाट माथि उठेर सामाजिक विकासमा हामी लाग्नु पर्ने उहाँले बताउनुभयो । नगर विकासकालागि दक्षता विज्ञता आदीको प्रयोग गर्न पूर्व सैकिहरुलाइ उहाँले आग्रह गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष सिजन कार्की , २ का वडा अध्यक्ष सोम प्रधान पाँचका वडा अध्यक्ष जयन्द्र खड्का लगायतका वक्ताले नगर विकासमा पूर्व सैनिकको ठुलो भूमिका हुने बताउनुभएको थियो ।