भक्तपुर । युसेप घटनाका कारण भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो ।
७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजालको समय अगावै सरुवा भएको हो ।
युसेप घटनामा एक जना बालकको मृत्यु भएपछि सुरक्षा निकायले सम्भावित घटना आँकलन गर्न नसक्दा भएको गम्भीर घटनाका कारण उनको समय अगावै सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
शालीन व्यक्तित्व भए पनि उनले समयमा नै सम्भावित घटनाको आँकलन गर्न नसक्दा भाद्र ३ र ४ गते भएको घटनाका कारण उनी सात महिनामा नै सरुवा भएका हुन् ।
गृह मन्त्रालयले रिजालको ठाउँमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । उनलाई गृह मन्त्रालयमा फाजिलमा तानिएको छ ।