संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

193

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि सोमबार राती महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उनलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनको शरीर चिसो भइसकेको थियो ।

डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो ।