काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेम्वाङको आज विहान हृदयघातका कारण निधन भएको हो ।