जनकपुर । मधेश प्रदेस सभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ । जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य सदस्य समेत रहनुभएकी यादवको ४४ वर्षको उमेरमा नै आज विहान साढे आठ बजे निधन भएको हो ।
पाठेघरको मुखको क्यान्सरका कारण उहाँ १० दिन देखि प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा उपचाररत हुनुहुन्थ्यो ।
विगत दुई वर्ष देखि पाठेघरको मुखको क्यान्सरको उपचार गराइ रहनुभएकी उहाँको आज निधन भएको अस्पताल स्रोतले जनाएको छ । यादव दोस्रो मधेश आन्दोलनकी सक्रिय नेता हुनुहुन्थ्यो । उहाँ जसपाका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।