समुहिक दरमा रमे चाँगुनारायण वडा नम्वर १ का महिला

117

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ का महिलाहरूले सामुहिकरुपमा तीजको दर खाँदै तीजको सुख दुःख सामूहिक रूपमा साटासाट गरेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नम्वर १ का सम्पूर्ण महिलाले सामूहिक रूपमा एक अर्कामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेका हुन् ।

विभिन्न स्थानमा विभिन्न दलले तथा विभिन्न समूहले दर खाने तथा शुभकामना आदान प्रदान गरी रहँदा चाँगुनारायण नगरपालिका वडा नम्वर १ का महिला दिदी बहिनीहरूले भने यसलाई फराकिलो पार्दै सामूहिक रूपमा दर खाने कार्यक्रम गरेका हुन् ।

न कुनै आयोजक न कुनै घर छुटेका आफ्ना पिर मर्का भुलेर वडाका महिला एक जुट हुँदै नाच गानका साथ तीजको शुभकामना आदान प्रदान तथा सुख दुःख साटासाट गरेका हुन् ।

मञ्चमा गीत घन्केको थियो विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति राख्दै गर्दा मञ्चको तल सयौँ महिला आफ्नो दुःख पिर भुलाएर दिल खोलेर नाचिरहेका थिए ।

कार्यक्रममा एक हजार भन्दा बढी महिला दिदीबहिनीको सहभागिता रहेको चाँगुनारायण नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडामा सामूहिक रूपमा गरिएको उक्त दर खाने कार्यक्रम उदाहराणिय पक्ष भएको समेत उहाँले बताउनुभयो ।