काँग्रेस भक्तपुरका प्रतिनिधिद्वारा नेकपा एमाले भक्तपुर पार्टी कार्यालय पुगेर स्व. नेम्वाङप्रति समवेदना अर्पण

103

भक्तपुर । भक्तपुर काँग्रेसका प्रतिनिधिले नेकपा एमालेको पार्टी कार्यालयमा राखेको शोक पुस्तीका हस्ताक्षर गर्दै शोक व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सचिव सुशील बस्नेत, महासमिति सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, जिल्ला सहसचिव यादव अधिकारी लगायतका पदाधिकारीहरू नेकपा एमाले पार्टी कार्यालय सूर्यविनायक पुगी दिवङ्गत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको तस्बिरमा माल्यार्पण गर्दै उहाँको निधन प्रति दुःख व्यक्ति गर्नुभएको हो ।

नेम्वाङ संददिय पद्धतिका विज्ञ भएको र उहाँ गुमाउँदा संसदले एक जिम्मेवार अभिभावक गुमाएको साथै यो क्षतीको कहीँ कतै बाट पनि पूर्ती भने हुन नसक्ने नेपाली काँग्रेसका प्रतिनिधिहरूले बताउनुभयो ।

नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, बागमती प्रदेशसभा सदस्य किरण थापामगर लगायतका पार्टीका विभिन्न तह तप्काका नेताहरूको साथमा नेपाली काँग्रेसका प्रतिनिधिहरूले दिवङ्गत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गर्नुभएको थियो ।

संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको भदौ २६ गते हृदयाघातबाट निधन भएको थियो।