कोन्ज्योसोमद्धारा हरितालिका तीजको शुभकामना सन्देश

121

ललितपुर। कोन्ज्योसोम गाउँपालिकाले हरितालिका तीज २०८० को सन्र्दभमा शुभकामना सन्देश जारी गरेको छ । कोन्ज्योसोम गाउँपालिकाले हरिताकलिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दिदी बहिनीहरुमा शुभकामना सन्देश दिएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष कृष्णमान लामाद्धारा शुभकामना सन्देश जारी गर्दै नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र आपसी एकता, पारिवारिक तथा सामाजिक सद्भाव सुस्वास्थ तथा दीर्घ जीवनको लागि शुभकामना प्रदान गर्नुभएको हो ।


तीजको अवसरमा दीदी बहिनीहरुलाई तीज गीत गाएर तीजलाई भव्यरुपमा मनाउन सबै दिदी बहिनामा शुभकामना प्रदान गरिएको गाउँपालिकाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । गाउँपालिकाले गत वर्षमा जस्तै तीज पर्वलाई सभ्यभव्य रुपमा मनाउनका लागि आवश्यक सहयोग गर्दै आएको र यस वर्षमा पनि सो सहयोग जारी राखेको छ ।