आज राष्ट्रिय शिक्षा दिवस

76

भक्तपुर । समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा भन्ने नाराका साथ आज शिक्षा दिवस मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।

०६२ -०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय हो ।