खाजापसलबाट लाखौंको लागुऔषध बरामद

92

चितवन । खाजापसलबाट ठुलो परिमाणमा लागु औषध बरामद भएको छ । जुन लाखौको रहेको प्रहरीले जनाएको छ ।
चितवनमा लागुऔषधको ठूलो परिमाण सहित एक जना पक्राऊ परेका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर १२ का सुर्य बहादुर कार्की सोमबार पक्राउ परेका हुन्।

खाजा पसल सञ्चालक कार्कीले लुकाई छिपाई लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनको पसलबाट गाँजा ९४० ग्राम, प्रतिबन्धित औषधी ट्रामाडोल ५ हजार ७ सय ६६ ट्याब्लेट, प्रोमेथ २ हजार ९ सय ३८ ट्याब्लेट, एनार्गन २ हजार ७ सय ३५ ट्याब्लेट बरामद गरेको चितवन प्रहरीले जनाएको छ।

साथै उनको साथबाट १ लाख ६ सय रुपैयाँ फेला परेको थियो। कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।