दुर्त बस सेवा’ एक घण्टाको अन्तरालमा दुईवटा बस विहानको समयमा एक घण्टामा पनि रत्नपार्क पुग्न कठिन

18424

बलराम प्यासी
काठमाण्डौ । बुधबारदेखि औपचारिक रुपमा उद्घाटन गरि विहीबारदेखि सञ्चालनमा ल्याएको ‘उपत्यका दु्रत बस सेवा’को पहिलो दिनमै विहान ९ देखि १० बजे एकघण्टाको अन्तरालमा दुईवटा बसले मात्रै सेवा दिएको पाइयो ।
सुर्यविनायक र रत्नपार्कदेखि एकै समयमा विहान ९ बजे र साँझ ४ बजे हरेक ५÷५ मिनेटमा छुट्ने भनिएको बस सुर्यविनायकदेखि पहिलो कोटेश्वरमा बस विहान ९ बजेर ३४ मिनेटमा आईपुगेको थियो भने दोस्रो बस ९ बजेर ५६ मिनेटमा आईपुग्यो ।
पहिलो बसलाई सुर्यविनायकबाट कोटेश्वरसम्म आउँदा ३४ मिनेट लाग्यो । निर्धारित समयमा अर्थात ४५ मिनेटमा सो बस रत्नपार्कसम्म पुग्ने कुनै संभावना नदेखिएको द्रुत बसको सेवा हेर्न कोटेश्वर चोकमा उभिएका कोटेश्वर व्यवसायी संघका निवर्तमान अध्यक्ष विकास श्रेष्ठले बताए ।


रातो बत्तिमा समेत नरोकिने भनिएको द्रुत सेवाको बस जेब्रा क्रसमा पैदल यात्रुको भीडले केही बेर रोकिएको थियो ।

४० सिट क्षमताका द्रुत सेवाका २५ वटा बसले बिहीबारदेखि विहान ९ देखि ११ र अपरान्ह ४ देखि ६ बजेसम्म सेवा दिने भनिएको थियो ।
दु्रत बस कतिखेर आउला भनेर सडक किनारमा उभिएका दर्शक प्रहरीको अगुवा पछुवा लिएर आएको पुर्व प्रधानमन्त्री केपी ओलीको सेतो प्राडो गाडी देखेर मन खिन्न बनाएका देखिन्थे ।
द्रुत बसको लागि भनेर सडकको देव्रेतिर रातो रंगले रंगिएको सडकबाट अरु नीजि मोटरसाइकल या गाडीहरु गुडाउने कि नगुडाउने भनेर चालकहरु अलमल्लमा परेका देखिन्थ्यो । जसका कारण ठुला सवारी साधनसंग साना गाडी र मोटरसाइकलहरु ठोक्किएको पनि देखियो ।


पहिलो बसभन्दा दोस्रो बसमा क्षमताभन्दा दोव्वर यात्रु खचाखच भरिएको देखेता पनि ट्राफिक प्रहरीले भने यात्रुतिर कुनै ध्यान दिएको देखिएन् ।
भौतिक पुर्वाधार मन्त्रालयको समन्वयमा नीजि क्षेत्रबाट सञ्चालित काभ्रे नगर बसलाई नै हाल दैनिक ४ घण्टाको लागि द्रुत बस सेवामा रुपान्तरण गरिएको हो ।