भक्तपुरका खोला विनाका झोलुङ्गे पुल आत्महत्या गर्ने थलो बन्दै 

471
साँगा झाेलुङ्गे पुल

भक्तपुर । गत भाद्र २९ गते सूर्यविनायक नगरपालिका वडा नम्वर १० मा अवस्थित झोलुङ्गे पुल बाट एक जनाले हाम फालेर आत्म हत्या गरे । उनले आफ्नो जुत्ता पुलको माथि खोलेर पुल बाट तल हाम फालेको प्रहरीले जानकारी दिएको थियो ।

यस्तै केही महिना अगाडी बागेश्वरीका एक युवाले चाँगुनारायण नगरपालिका वडा नम्वर ६ र ७ को जङ्गलको माझमा बनाएको झोलुङ्गे पुल  बाट हाम फालेर आत्म हत्या गरेका थिए ।

देश भर तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने भने पनि हाल सम्म तुहिनका भरमा नै नेपाली जनता रहँदा रहँदै खोला विना नै बनेका भक्तपुरका दुई झोलुङ्गे पुल भने आत्महत्याको थलोका रूपमा विकास भएका छन् ।

सीमित व्यक्तिका निहित स्वार्थका लागि अनावश्यक स्थानमा निर्माण भएका यी पुल हाल सामाजिक सञ्जालमा फोटो पोस्टाउनेहरुको लर्कोका लागि मात्र सीमित भएका छन् ।

भक्तपुरका विभिन्न क्षेत्र तथा विषयका पर्यटकीय गन्तव्यहरूको विकास अधुरो नै राखी सीमित व्यक्तिको निहित स्वार्थका लागी खोला विना नै निर्माण भएका पुल हाल आत्महत्या गर्न चाहनेहरूको लागि भने फलीफपको स्थान भएको छ ।

सूर्यविनायक नगरपालिकामा वासुदेव थापा मेयर हुँदा र चाँगुनारायण नगरपालिकामा सोम प्रसाद मिश्र मेयर हुँदा निर्माण भएका यी दुई पुलको कुनै उपलब्धि मूलक काम भने छैनन् ।

सुनसान स्थानमा रहेको दुवै पुल आवश्यकताका आधारमा निर्माण भने भएका हैनन् । आवश्यक स्थानमा पुल नहुँदा तुहिनको भरमा केटाकेटी विद्यालय जान बाध्य छन् । तर भक्तपुरमा भने दुई झोलुङ्गे पुल जसको काम नै केही छैन ।

उपत्यकामा बढ्दो आत्महत्या र यसका लागि नयाँ ठाउँको विकासका रूपमा मात्र भएको जस्तो यी दुई पुलबाट देखिन्छ ।

खोला विना निर्माण भएका यी पुलमा बिदाका दिन तथा दैनिक टिकटक बनाउन तथा रिल्स बनाउन आउने भिडका कारण अर्को दुर्घटना नहोला भन्न सकिन्न ।