चाँगुनारायणमा आधारभूत मानवीय सहायता मापदण्ड सम्बन्धि पूर्नताजगी प्रशिक्षण सम्पन्न

178

चाँगुनारायण । चाँगुनारायण नगरपालिकामा सञ्चालित २ दिने आधारभूत मानवीय सहायताका मापदण्ड सम्बन्धि पूर्नताजगी प्रशिक्षण सम्पन्न भएकोछ ।
चाँगुनारायण नगरपालिकाको समन्वयमा डिसिए नेपाल र आइसेट नेपालको आर्थिक सहयोग र साझेदारीमा सञ्ंचालित नेक्सस परियोजना अन्र्तगत तालिम प्राप्त सहभागिहरुलाई यो वर्ष २ दिने आधारभूत मानवीय सहायता मापदण्ड सम्बन्धि पूर्नताजगी प्रशिक्षण नगरपालिकाको प्रशिक्षण हल, हेल्मेट डाँडामा यही २०८० साल असोज ११ र १२ गतेका दिन सञ्चालन गरीएको थियो । विपद् पूर्वतयारी सञ्जाल नेपालका का.वा अध्यक्ष डा. राजु थापा र चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले सहजीकरण गर्नुभएको प्रशिक्षणमा ६ महिला र १२ पुरुष गरी १८ जनाको सहभागिता रहेको थियो ।


वडामा गठित वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको लागि संचालित प्रशिक्षणमा विपद्, विपद्का प्रकार, विपद् व्यवस्थापन चक्र ,चाँगुनारायण नगरपालिकामा विपद्को अवस्था र प्रतिकार्य, विपद्को अवस्थामा आवश्यक मानवीय सहयोग, राहत सामग्री वितरण, आधारभूत मानवीय मापदण्ड आदीका विषयमा सैद्धान्तिक तथा व्यवहारीक ज्ञान र शीप प्रदान गरीएको थियो ।
सहभागीहरुलाई चाँगुनारायण नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष सोम प्रधानले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले मनसुनजन्य विपद्बाट वडाबासीलाई सुरक्षित राख्न सहयोग भएको बताउनुहुँदै चाँगुनारायण नगरपालिकाकाले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने नीति अन्तर्गत सबै वडामा खोज तथा उद्धार सामग्री भण्डारण, राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली गठन गर्न गइरहेको कुरा बताउनुभयो ।
प्रशिक्षण संयोजक डा. राजु थापाले चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धि गरी कार्य गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो । उहाँले डिपिनेटको तर्फबाट सहयोगी निकायहरुका माझ विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्न चाँगुनारायण नगरपालिकासंगको साझेदारीताका लागि समन्वयकारी भूमिका खेल्ने पनि बताउनुभयो ।
पूर्नताजगी प्रशिक्षणमा आइसेट नेपालका कार्यक्रम संयोजक केशब मलाशी, कार्यक्रम अधिकृत भरत ढुंगानाको पनि सहभागीता रहेको थियो ।