कोन्ज्योसोममा शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका सरोकारवालाई तालिम

56

ललितपुर । ललिपतुरको कोन्ज्योसोम गाउँपालिकाले शैक्षिक गुणस्तर कायम गर्न सरोकारवालाई तालिम प्रदान गरेका छ ।
गाउँपालिका र इसी इसी संस्थाको सहकार्यमा विद्यालयका प्रधानाध्यापक, विद्याल व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक सङ्घका अध्यक्षहरुलाई विद्यालय नेतृत्व विकास तालिम प्रदान गरेको छ ।
विद्यालयका सरोकारवालाई तालिम प्रदान गरेपछि मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहज हुने भएकाले गाउँपालिका र इसी इसी संस्थाले विद्यालयका सरोकारवालाई तालिम प्रदान गरेका हो ।
कोन्ज्योसोम गाउँपालिकाले केही विद्यालयालाई वीग स्कूलकको रुपमा विकास गरी शैक्षिक गुणस्तर र आकर्षक बनाउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थकता प्रदान गर्न गाउँपालिकाले विद्यालयका सरोकारवालाई तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले वीग स्कूल निर्माण गर्नका लागि अहिले तथ्याङ्क संकलनलाई निरन्तरता दिएको छ ।
गाउँपालिकामा भएका कम्तिमा चारदेखि पाँचवटा विद्यालयलाई विग विद्यालय बनाउने योजना गाउँपालिकाको छ ।