फर्जी मत भेटिएको भन्दै पोखराका सबै वडाको मतगणना स्थगित

468

पोखरा लेखनाथ महानगरपालिकामा जारी मतगणनामा रोकिएको छ । मतगणना गर्दा फर्जी मतको भेटिएको आरोप लगाउदै पार्टीका प्रतिनिधिहरु बाहिरिएपछि सबै वडाको मतगणना स्थगित भएको छ ।

१४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको अन्य दलको आरोप छ । ३३ वडा रहेको पोखराले खनाथ महानगरपालिकाको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकको थियो ।  १४, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना जारी रहेको थियो ।

फर्जी मत बारे अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आएपछि मात्रै मतगणना सुरु गर्नुपर्ने कांग्रेसको माग छ । साथै वडा नम्बर १७ को विवाद टुङ्गो नलागेसम्म अन्य वडाको पनि मतगणना हुन नदिने अडान राखेको छ । साथै एमाले बाहेकका दलले विवादित वडामा पुन ः निर्वाचनको माग समेत गरेका छन् ।

निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले फर्जी मत नभएको जिकिर गर्नुभएको छ । पार्टी प्रतिनिधिहरुसँग बैठक चलिरहेकाले केही समयपछी मतगणना सुरु हुने उहाँले बताउनुभयो ।