अरिङ्गालले टोकेर दुई नातिनीको मृत्यु, हजुरआमा घाइते 

114

जाजरकोट  । अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ ।  कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरी द्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

टाले गाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडा गाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको हो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको हो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेतले बताए। उनीहरूलाई गाई गोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

अरिङ्गालले टोकेपछि शरीरमा विष फैलिएर मानिसको मृत्यु हुने गर्दछ । अरिङ्गाल विषालु किटमा पर्दछ । जसका कारण वर्षै नि सयौँले ज्यान गुमाउँदै आएका छन् ।