ताथली महायज्ञ बिहान सबेरै देखि राती १२ बजे सम्म भक्तजनको भिड 

110

ताथली । ताथलीमा जारी महायज्ञमा भक्तजनको भिड बिहान देखि राती १२ बजे सम्म पनि उत्तिकै हुने गरेको छ ।

बिहान बिहानी पाठ पूजा देखि राती सन्ध्या आरती तथा भजन कीर्तन सम्म पनि भक्तजनको भिड उस्तै देख्न सकिन्छ ।

भक्तपुर, चाँगुनारायण, ताथली धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत पितृ मुक्ती विराट ज्ञान महायज्ञ – २०८० को अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमले लगाएको महायज्ञमा भक्तजनको भिड दिन प्रतिदिन बढ्दो रहेको स्थानीयले बताए ।

बिहान देखि ताथली नाला सडकमा सवारी तथा मानिसको ओहोरदोहोरका कारण सार्वजनिक सवारी चलाउन समेत हम्मे हम्मे रहेको स्थानीय रुटमा बस चलाउनेहरूले समेत बताएका छन् । भक्तपुर देखि बसमा खचाखच मानिस आउँछन् महायज्ञ स्थल पुगेपछि नाला जाने बस पुरै खाली हुने गरी महायज्ञमा नै झर्ने गरेको भक्तपुर नाला चल्ने बसका सहचालक मिलनले बताए ।

महायज्ञमा दैनिक पाँच हजार हाराहारीमा मानिस भागवत श्रवण गर्न आउने गरेको स्थानीले बताए । बिहा देखि राती १२ बजे सम्म नै भिड उस्तै हुने गरेको छ । अझ साँझमा सन्ध्या आरती तथा भजन कीर्तन हुने हुँदा यसमा स्थानीयको आकर्षण झन् धेरै रहेको छ ।

महायज्ञमा काठमाडौँ उपत्यका लगायत काभ्रेबाट समेत मानिसहरू भागवत श्रवण गर्न आउने गरेका छन् ।

भागवत आगामी २७ गते समापन हुने छ ।