आश्रम निर्माणको कार्यमा बागमती सरकारको पूर्ण साथ रहने छः मन्त्री लम्साल

39

भक्तपुर । छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको कार्यमा प्रदेश सरकारको साथ पूर्ण रूपमा रहने बाग्मती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताएका छन् ।
बिहीबार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा प्रमुख अतिथिको रूपमा सहभागी भएका मन्त्री लम्सालले सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन ।

“आश्रम निर्माण गर्ने कार्यमा सरकारको साथ पूर्ण रूपमा पाउनुहुन्छ । ढुक्क हुनुहोस् ।” मन्त्री लम्सालले भने –“सरकारले ठुलो लगानी गरेर निर्माण गर्नुपर्ने कार्यलाई व्यक्तिको पहलमा सुरु भएको छ । यो हाम्रो जिम्मेवारी हो । हामी जिम्मेवारीबाट पछाडि हट्न मिल्दैन । सक्दो सहयोगको लागि बाग्मती प्रदेश सरकार तपाइको साथमा रहेको छ ।”

त्यस्तै मन्त्री लम्सालले जीवनकालमा सबै वृद्ध हुनुपर्ने भन्दै बृद्धहरुलाई सम्मान गरेर उनीहरूको सकारात्मक ज्ञान आर्जन गर्न सके मात्र समाज अनुशासनको पथमा अगाडी बढ्न सक्ने पनि बताएका छन् ।
त्यस्तै विजय मूर्ति महाराज श्रीले सम्पूर्ण ज्येष्ठ नागरिकको आर्सीवाद र समाजमा सबैलाई समाजसेवामा लाग्न पनि अभिप्रेरित गरेको पनि मन्त्री लम्सालले बताएका छन् ।