कांग्रेस जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्छ : महामन्त्री शर्मा

40

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आर्थिक सङ्कटको बेला काँग्रेस जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ  ।

नेपाली काँग्रेस भक्तपुर नगर समितिको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले जनताको जनजीविकाको सवालमा गम्भीर हुनु पर्ने बताउनुभएको हो ।

हाल बजारमा हल्लाका रूपमा रहेको एमाले र रास्वपा मिसन ८४ को निर्वाचनमा लक्षित भइरहेको गुनासो प्रति महामन्त्री शर्माले निर्वाचन नियमित प्रक्रिया भएकाले काँग्रेसका नेता तथा कार्यकर्ता जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने जनाउनुभएको थियो  ।

महामन्त्री शर्माले भ्रष्ट्राचार सङ्लनलाई  कारबाही गर्न खोज्दा विपक्षीहरू तिरमिराएको बताउँदै जसका कारण भ्रष्टाचारमा अन्यौलता आएको समेत बताउनुभएको थियो । उहाँले निर्दोष फसाउन हुँदैन तर भ्रष्ट्राचार सङ्लनलाई भने छोड्न नहुने बताउनुभएको थियो  ।

एमसिसी सम्झौता हुँदैमा अमेरिकी सेना नेपाल नआउने स्पष्ट पार्दै काँग्रेस महामन्त्री शर्माले राष्ट्रियता र लोकतन्त्रप्रति काँग्रेसले कुनै किसिमको सम्झौता नगर्ने बताउनुभएको थियो  ।

उहाँले काँग्रेसले २००७ साल देखि हाल लोकतन्त्र आउँदा सम्म दिएको योगदानको सवालमा जनताले थाह नपाउनु आफैमा अचम्म लाग्दो कुरा भएको बताउँदै काँग्रेसको योगदानको विषयमा जनतालाई जानकारी गराउनु हाम्रो पहिलो दायित्व भएको उहाँले बताउनुभयो ।