काठमाडौं । बागमती प्रदेशमा अव नेवारी भाषा र तामाङ्ग भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाइने भएको छ ।
बागमती प्रदेशसभाले नेपाल भाषा र तामाङ भाषालाई समेत सरकारी कामकाजको मान्यता दिने गरी विधेयक पारित गरेसँगै यो बाटो खुला भएको हो ।
भाषा आयोगले गरेको सिफारिसका आधारमा प्रदेश सभाले दुवै भाषालाई कामकाजीको मान्यता दिएसँगै नेवार र तामाङ समुदायमा उत्साह छाएको छ ।
बागमती प्रदेशमा करिब ६० लाख ४० हजार जनसङ्ख्या छ । त्यसमध्ये तामाङ १२ लाख ५० हजार र नेपाल भाषा बोल्ने १० लाख ४० हजार छन् ।
नेपालीबाहेक प्रदेशभित्र बहुसङ्ख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषाको संरक्षण, संवर्द्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउने उद्देश्यले बागमती प्रदेशले विधेयक ल्याएको हो ।