ट्रक व्यवसायी सङ्घ भक्तपुरको अध्यक्षमा पुन लक्ष्मी प्रसाद 

134

भक्तपुर । भक्तपुर ट्रक व्यवसायी सङ्घमा पुन लक्ष्मी प्रसाद गोरा निर्वाचित हुनुभएको छ । भक्तपुर ट्रक व्यवसायी सङ्घ (रूपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.ली.को २२, २३ र २४ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनबाट उहाँ पुन अर्को कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा नातीभाई हेम्बा , सचिवमा जितेन्द्र ख्यामली सहसचिवमा चन्द्र कृष्ण ग्वाछा, कोषाध्यक्षमा आशाराम बैद्य, सह कोषाध्यक्षमा कमल नारायण धुख्वा, सदस्यहरूमा नरेश गोठे, रत्न प्रसाद प्रजापति , कृष्ण प्रसाद प्रजापति , सानु चिकंवन्जार र सुरेश माकजु निर्वाचित हुनुभएको हो ।