स्व. बुबा र काकाको स्मृतिमा ज्येष्ठ नागरिक सेवा खातिर सुरेशराजले स्थापना गरे अक्षयकोष

105

भक्तपुर । आफ्ना स्वर्गीय बुवा र काकाको स्मृतिमा भक्तपुर ताथलीका सुरेश राज गिरीले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

आदित्य वैदिक ज्योतिष प्रा.लि.का सञ्चालक ज्योतिष तथा युवा सुरेशराज गिरी तथा दाजु विनोद राज गिरीले स्व. बुवा गणेश बहादुर गिरी र स्व काका ज्ञानबहादुर गिरीको नाममा १० लाखको अक्षयकोष खडा गरेका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको गिरी–बस्नेत टोलका युवा गिरीले आफ्नो बुवा र काकाको सामाजिक कामको स्मरणका एवम् निरंतरताको लागि कोष स्थापना गरेको बताए ।

उनले सो कोषको व्याजले ताथलीको ढुंगेनस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमसँगको सहकार्यमा सामाजिक काममा लगानी गर्ने पनि बताए ।

गिरिका बुबा तत्कालीन ताथली गाविसका निर्विरोध निर्वाचित वडा अध्यक्ष समेत हुन् ।

यसका साथै स्व. गणेश बहादुर गिरी तथा ज्ञान बहादुर गिरिले साबिक दक्षिणकाली प्राथमिक विद्यालयका स्थापनका लागि एक रोपनी जग्गा दान गरी स्कुल स्थापना गरेका थिए ।

स्व. गिरीले ताथली गाविसमा तत्कालीन समयमा शैक्षिक ,खानेपानी ,बाटोघाटो,विद्युत् सहित धेरै सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो।स्व काका ज्ञानबहादुर गिरी नेपाल प्रहरीका सहायक इन्स्पेक्टर थिए ।उहाँहरूको सामाजिक कामलाई निरन्तरता दिन अक्षयकोष खडा गरिएको कुरा छोरा सुरेश राज गिरिले बताउनुभयो ।