भक्तपुरमा अव साझाका गाडी   गुड्ने

558

भक्तपुरको रुटमा साझा यातायातका गाडी पनि गुड्ने भएका छन् । यातायात व्यवस्था व्यवस्थापन समितिले भक्तपुरको रुटमा गाडी सञ्चालन गर्न अनुमति दिएपछि अव भक्तपुरको पुरानो रुटमा साझाका गाडी गुण्ने भएका हुन् ।
साझायातायातका अनुसार स्वयम्भु–सीतापाइला–कलंकी–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–सहिदगेट–माइतीघर–नयाँ वानेश्वर हुदैं साझाका गाडी अव भक्तपुरको सूर्यविनायकसम्म पुग्नेछन् ।

गत फागुनमा नयाा तथा पुरानो रुटमा गाडी गुडाउन साझाले आवेदन दिएको थियो । अहिले पुरानो रुटमा मात्र अनुमती पाएको साझाले जनाएको छ ।

साझाले कोटेश्वरवाट सानोठिमी–पुरनो ठिमी–भक्तपुर हुँदै कमलविनायक भएर पुरनो वाटो रुटमा भने अनुमति पाएको छैन ।

यातायात व्यवस्था विभागका अनुसार साझालाई त्यो रुटमा २० वटा गाडी सञ्चालनको अनुमती प्रदान भएको छ । भक्तपुरका यातायात व्यवसायीको विरोधका कारण नयाँ रुटमा भने परमिट नदिएको जनाइएको छ ।