अष्टमीको दिन विहानै धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प

93

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले  जानकारी दिए ।

“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन को परकम्प नै हो ।”

भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो  ।