इजरेलले गाजामा गरेको आक्रमणमा ५७ सय बढीको मृत्यु, छ अस्पताल बन्द आधा बालबालिका परे

70

काठमाडौँ । इजरेलले गाजामा गरेको आक्रमणमा ५ हजार ७ सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरेल हवाई हमलामा ५ हजार ७ सय भन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ ।

यता हमासको आक्रमणमा १ हजार ४०० भन्दा बढी इजरेल नागरिकको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ ।

अर्कोतर्फ, इजरेल सेनाले गाजामा केही पर्चाहरू खसालेको छ। जसमा आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहना भए  बन्धकहरूको बारेमा जानकारी दिन भनिएको छ ।

डब्ल्यूएचओका अनुसार, हजारौँ मानिसहरू गाजाका अस्पतालहरूमा डायलासिसमा छन् । जसमध्ये १३० भर्खर जन्मिएका बच्चाहरू छन्।