को हुन् अमेरिकामा सबैभन्दा ठूलो गोली काण्ड मच्याउने रोबर्ट कार्ड

54

न्युयोर्क। अमेरिकामा गोलीकाण्डका घटना अझै रोकिएका छैनन्।

अमेरिकाको लेविस्टनमा बुधबार अबेर राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए। जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन्। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

अमेरिकाको सबैभन्दा ठूलो गोली काण्ड मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ।

सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन्।

यसअघि उनी घरेलु हिंसाको मुद्दामा पनि पक्राउ परिसकेका ब्यक्ति भएको पनि खुलेको छ। यति मात्र होइन उनी मानसिक रोगी समेत रहेको र मानसिक अस्पतालमा उपचार गराइरहेकोसमेत प्रहरीले जनाएको छ।

समाचार अनुसार रोबर्टले अनौठो आवाजमा बोल्दथे। उनले हालै मात्सारै कोमा रहेको नेशनल गार्ड बेसमा गोली हानेर धम्कीसमेत दिएका थिए। यसअघि प्रहरीले बुधबार साँझ सेमी अटोमेटिक राइफल बोकेका एक व्यक्तिको दुई तस्बिर फेसबुकमा सार्वजनिक गरेको थियो। तस्बिरहरूले खैरो हुडी र जीन्स लगाएको दाह्री भएको मानिसलाई गोली चलाउने स्थितिमा हतियार समातेको देखाएको छ।

प्रहरीका अनुसार रोबर्टको दुई पटक सम्बन्धविच्छेद भइसकेको छ। उनी तीन सन्तानका पिता हुन्। उनीसँग घरेलु हिंसा र अन्य अपराधको इतिहास बोकेका ब्यक्तिसमेत हुन्। उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए।

सो घटना पछि अमेरिकन प्रहरीले लेविस्टनका स्थानीय बासिन्दालाई घरभित्रै बस्न सल्लाह दिएको छ। यससँगै प्रहरीले रोबर्ट कार्डको खोजी गरिरहेको छ तर उनी अझै प्रहरीको पहुँचबाट बाहिर रहेका छन्।