रिगलको कैद मिनाहा बदर, भारतीले जितिन् मुद्दा

52

काठमाडौं ।चेतन मानन्धरको हत्याकाे अभियाेग लागेका योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर भएको छ। राष्ट्रपतिको निर्णयसँगै उनी कैद मुक्त भएका थिए।

चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले बिहिबार फैसला गरेको तर के फैसला भयाे भन्नेबारे आधिकारिक जानकारी आईनसकेको सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द घिमिरेरे बताए। सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश पनि जारी गरेकाे बुझिएको छ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका रिगललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी भारती मानन्धरले रिले अनसन शुरु गरेकी थिइन्। सर्वोच्चकाे परमादेशसँगै उनले याे मुद्दा जितेकी छिन्।

रिगल २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए।