योजनावद्ध ढंगले निर्वाचनमा हराइयो:राप्रपा

394

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानकाबारेमा योजनावद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम नआएको ठहर गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अपेक्षित परिणाम प्राप्त हुन नसकेपनि  परिणामबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नरहेको ठहर गरेको हो। बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट पाठ सिकेर दोश्रो चरणको निर्वाचनमा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सबै तहका निकाय र कार्यकर्ताहरुलाई आह्वान गरेको छ।

बैठकले स्थानीय तह निर्वाचनको समग्र समीक्षा र पार्टीको स्थितिबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न महामन्त्री धुव्रबहादुर प्रधानको संयोजकत्वमा समिति गठन गरेको छ ।

त्यसैगरी, बैठकले पूर्ण बजेट ल्याउनु सर्वथा अनुपयुक्त हुने भन्दै साधारण बजेट मात्र संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।