“BEST CASINO IN SOUTH ASIA”को उपाधि पुन: क्यासिनो माजोङ्गलाई।

107

काठमाडौं।  होटल सोल्टी कम्पाउण्डमा संचालित क्यासिनो माजोङले दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ। पहिलो पटक 2019 मा “बेष्ट क्यासिनो ईन नेपाल”को उपाधि प्रप्त गरेको क्यासिनो माजोङ्ग 2022 मा “Best Casino in South Asia”बाट सम्मानित भएको थियो भने 2023 मा पनि सोहि उपाधि  प्राप्त गर्न सफल भएको छ।

सन् 2022 मा‘ बेस्ट क्यासिनो जनरल म्यानेजर साउथ एसिया’ को उपाधि पाउन सफल हुनु भएका क्यासिनो माजोङ्गका महाप्रबन्धक अमुल्य राणाले यस बर्ष पनि “Best casino General manager South Asia  उपाधि प्रप्त गर्नु भएको छ।

भारतको राजधानी नयाँदिल्लीस्थित ‘”Hospitality India”’ले प्रत्यक बर्ष होटल र क्यासिनोहरूलाई बिभिन्न ढंगले छनौट गरि अवार्ड वितरण गर्दै आएको छ। नयाँ दिल्लीस्थित होटल अशोकमा आयोजित Award बितरण कार्यक्रम 24 November 2023 का दिन बिशेष समारोह सहित सम्पन्न भएको थियो।

भारतका पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्ट, महाराष्ट्रका पूर्वगभर्नर तथा उत्तराखण्डका   पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारी र गान्धी समितिका उपाध्यक्ष तथा पूर्व युवा मामिला तथा खेलकुद राज्यमन्त्री विजय गोयलले अवार्ड वितरण गरेका थिए। यो ‘इन्टरनेसनल हस्पिटालिटी एन्ड ट्राभल अवार्ड’को १८ औं शृंखला हो।

कार्यक्रम मा सहभागी भएर फर्किंदै गर्नु भएका Casino Mahjong का माहाप्रबन्धक अमुल्य राणा संग हाम्रो सम्बाददाताले सम्पर्क गरि क्यासिनो माजोङ्गले पाएको उपाधिको बारेमा जिज्ञाशा राख्दा “क्यासिनो माजोङले बर्षेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको, क्यासिनोमा बिभिन्न खेल खेली मनोरञ्जन गर्न आउने पर्यटकहरु लाई आदार,सत्कार को साथै उच्चस्तरिय सेवा प्रदान गरेको कारण नै अवार्ड प्रप्त गर्न सफल भएको कुरा प्रष्ट पार्नु भयो। नेपालमा संचालित क्यासिनोले यो उपाधि पाउनु क्यासिनो माजोङ्गको मात्र नभई नेपालको क्यासिनो क्षेत्रकै लागि खुशिको कुरा भएको र यस्ले दक्षिण एसिया मै नेपालको क्यासिनोहरुले प्रदान गर्ने सेवा,सत्कार(Hospitality service) लाई चिनाउने कुरा बताउनु भयो।

यो बर्ष “Best casino in Nepal”को उपाधि Casino Mahjong-Nepalgunj ले प्राप्त गरेकाे छ ।