गायक रोशन द्यौभडेलको सरर हावा चल्यो सार्वजनिक

सुडालको मनोरम दृष्यका साथ भिडियो सार्वजनिक

107

भक्तपुर । गायक रोशन धौभडेलको आवाजमा सजिएको “सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुडालका विभिन्न भागका मनोरम दृष्य रहेको भिडियो एक कार्यक्रम विच भक्तपुरमा सार्वजनिक भएको हो ।

सुशील चालिसेद्वारा रचित सो गीतमा आवाज र संगीत गायक धौभडेलको नै रहेको छ। नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेल, वरिष्ठ साहित्यकार धुर्व मधिकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिव मुनंकर्मी, बाबुराजा जोशी, सत्यनारायण मानन्धर, प्रेम खर्बुजा, इन्दिरा लाछिमस्यु, अल्बर्ट बज्राचार्य, लक्षमण पलिखेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

“सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो सुशील चालिसेको आफ्नै युट्युब च्यानलमा रिलिज भएको छ। उक्त म्युजिक भिडियोमा अनु शाह र रमेश विश्वकर्माको अभिनय, प्रमोद परियारको एरेन्जमेन्ट, गोबिन्द सोनीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। गीतको रेकर्डिङ्ग हिमाल श्रेष्ठले गरेका हुन्।

कार्यक्रमको सभापतित्व सो म्युजिक भिडियोका निर्देशक माइकल चन्दले गरेका थिए। साथै कार्यक्रम संचालन प्रविण शाहीले गरेका थिए।