चाँगुनारायण नगरपालिकाद्वारा वडा वडामा निःशुल्क खेलकुद प्रशिक्षण : खेलाडीले पाए विभिन्न खेलकुद सामग्री

93

भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्री दिएको छ । चाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिले वडाका खेलाडीहरुलाई विभिन्न खेलका खेलकुद सामाग्री वितरण गरेको हो ।

वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका वडा नम्बर १ को नेक कलेज खेल मैदानमा विभिन्न खेलकुद सामाग्रीको वितरण गरेको नगरपालिकाले जनाएको छ ।

खेलकुद सामग्री वितरण गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले शारीरिक र मानसिक रुपमा खेलकुदले सहयोग पु¥याउने भएकोले बालबालिका, युवा, विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउनु पर्नेमा जोड दिए ।

नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेकोले सबै वडामा निःशुल्क खेलकुद प्रशिक्षण सञ्चालन गर्दै आएको नगरप्रमुख जीवन खत्रीले बताए । विभिन्न खेलका प्रशिक्षकहरु नगरपालिकाका ९ वटै वडा स्तरमै गएर विभिन्न खेलका प्रशिक्षण प्रदान गर्ने तथा आवश्यक सामाग्रीहरु निःशुल्क उपलब्ध गराइरहेको समेत नगरप्रमुख खत्रीको भनाइ छ ।

खेलाडीहरुलाई फुटबल, व्याडमिन्टन, भलिवललगायतका खेलकुद सामाग्री वितरण गरिएको चाँगुनारायण नगरपालिका नगर खेलकुद बिकास समितिका संयोजक रघु केसीले बताए नगरपालिकाको वडा नं. २ केएमसी खेल मैदान, वडा नं. ४, वडा नं. ५ गोटीखेल चौर, वडा नं.६ तेलकोट, वडा नं. ७ मा रग्वी रंगशाला, ८ मा मिश्रेटार र ९ ताथलीमा पनि खेलकुद सामाग्री वितरण गरिएको चाँगुनारायण नगरपालिका नगर खेलकुद बिकास समिति संयोजक केसीले जानकारी दिए ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जयन्द्र खड्का, नेपाली काँग्रेस चाँगुनारायण नगरपालिकाका नगर सभापति शिवहरि केसी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गोबिन्द थापा, मनोहरा आधारभुत विद्यालयका प्रअ राजु खत्री, विभिन्न खेलकुदका प्रशिक्षकहरु राजकुमार रसाइली, प्रेमकुमार लामा, विजयराम एण्डो, श्याम भँडेल, मिलन रत्न श्रेष्ठ, कुशल सुवाल, बुद्धमान तामाङलगाएत २०० भन्दा बढि खेलाडीको उपस्थिति रहेको थियो ।