नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

52

काठमाडौं । रूकुम जिल्ला अदालतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याको घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश डा. खड्क बहादुर केसीको एकल इजलासले सो सोती घटनाको मुद्दाको अन्तिम फैसला गर्दे जन्मकैद फैसला गरेको हो ।

जन्मकैदको सजाय पाउनमा नवराजकी प्रेमिकाका बुबा र दाजु सहित चौरजहारी नगरपालिकाका तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल र विनोद मल्ल, विष्णु मल्ल रहेका छन् ।

नवराजकी प्रेमिका, भाइ र आमालाई भने जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। सरकारी वकिल कार्यालयले सो घट्नामा ३४ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।