कालीघाट पुस्तकालयमा स्मृति कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी सम्पन्न

58

भक्तपुर ।
भक्तपुर कासन ब्यासी स्थित कालीघाट पुस्तकालयको आयोजनामा आज नेपाल क्रान्तिकारी महिला संघको प्रकाशन स्मृतिमा कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी पुस्तकालयमा सम्पन्न भयो । कार्यक्रममा अतिथि नेपाल पुस्तकालय संघका केन्द्रिय अध्यक्ष ईन्द्रप्रसाद अधिकारीले सार्वजनिक पुस्तकालय भन्नेको सर्वसाधारण जनताको विश्व विद्यालय हो । यसको संरक्षण तथा विकासमा स्थानिय निकाय तथा जनताको अहम भूमिका हुन्छ । चीनका राष्ट्रपति सी जि पिङ्ग ग्रामीण जनताको क्षेत्रमा गई कृषि उत्पादन, वीउ विजन र जनताको स्वास्थ्य र अध्ययन अध्यापनबारे छलफल गर्छन । अमेरिकी राष्ट्रपतिहरु पनि महिनाको दई पटक सार्वजनिक पुस्तकालयमा गई कथा बाचन गरि जनतालाई पुस्तकालयमा जान उन्साहित गर्छन । पुस्तकालयको विकास तथा पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी, टक प्रोगाम , पुस्तक समिक्षा र बुक डोनेशन कार्यक्रमहरु राख्दा राम्रो हुन्छ । कालीघाट पुस्तकालयले स्मृतिमा कामरेड शोभा नामक पुस्तकको अध्ययन गोष्ठी राख्नु भएकोमा आभार प्रकट गर्दै उहाँले लेखेका केहि पुस्तकहरु कालीघाट पुस्तकालयलाई उपहारको रुपमा प्रदान गर्नुभयो ।


भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले ब्यासीमा आयोजित ३४औं नेपाल भाषा साहित्य तःमंूज्यामा अतिथि सत्कार तथा ब्यवस्थापन विषयमा कामरेड शोभा प्रधानबाट सिक्ने अवसर पाएको छु । भक्तपुर नपाले विभिन्न कलेज , ख्वप अस्पताल ,तथा टोल टोलमा सामुदायिक स्वास्थ्य चौकि सञ्चालन गरिरहेको छ । भक्तपर नपाले जेहन्दार तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण र छात्रबृत्ति प्रदान गरिरहेका छ । सार्वजनिक पुस्तकालयलाई अनुदान उपलब्ध गराई सहयोग गरिरहेको छ ।भक्तपुर नपाले नगरवासिहरुलाई निःशुल्क अक्सिजन र रगत वितरण को साथै विभिन्न कार्यक्रम मार्फत अग्रजहरु तथा सांस्कृतिक गुरुहरुलाई सम्मान गरिहेको छ भन्नुभयो ।
स्थानिय समाजसेवी गणेशप्रसाद सुवालले कामरेड शोभा प्रधानले प्रौढ कक्षा तथा विद्यालयमा पढाएर धेरै महिलाहरुलाई शिक्षित पारेको छ । श्रमिक आदर्श माविमा पनि सँगै पढाउने शवसर पाएको र शोभा मिसले नेपाली विषय पढाएको स्मरण गर्नभयो । उहाले अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्तान जनताको अस्पताल र विद्यालयमा धेरै बालक गर्भबत्ति महलिाको हत्या गरेकोमा भत्सर्ना गर्नुभयो ।
कार्यक्रमका सभापति कालिघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले अग्रजहरुको सल्लाह अनुसार पुस्तकालय स्मृतिमा कामरेड शोभा प्रधान नामक पुस्तकको अध्ययन गोष्ठि आयोजना गरेको हो । कालीघाट पुस्तकालयलाई ई लाइबेरीको रुपमा विकास गर्न कतिबद्ध रहेको बताउदै पूस्तकालयमा हाल उपलब्ध सुविधाबारे जानकारी गराउनु भयो । अध्ययन गोष्ठीमा कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल, पुस्तकालय सदस्य लिलाराम जेनी , लक्ष्मी विक र साहित्यकार तथा लेखक इश्वर थोकरले पनि स्मृतिमा कामरेड शोभा पुस्तकमा समाबेश लेखहरुबारे चर्चा गर्दै अध्ययन गोष्ठिमा बोल्नुभएको थियो ।