डान्सिङ भर्सनको  ‘सुनिदेउ न’  ( भिडियो ) 

84

काठमाडौं –  गायक अबिराज लकान्द्रीले  हाउस पार्टीको कन्सेप्ट समेटेर  ‘सुनिदेउ न’  बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लकान्द्रीको रहेको छ।  गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो।  म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा राना फिचर्ड छन् ।

पिस डान्स स्टुडियो टिमको समेत  नृत्य भिडियोमा देख्न सकिन्छ। प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले  सम्पादन गरेका हुन्।  शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।