‘सरकार फेरबदलले आयोगको तयारीमा फरक पर्दैन’

476

निर्वाचन आयोगले ३१ जेठको निर्वाचनको सबै तयारी पूरा भइसकेकाले सरकार फेरबदलले आयोगको तयारीमा कुनै समस्या नपर्ने स्पष्ट पारेको छ । सरकार फेरबदल गर्ने भन्ने कुरा राजनीतिक तहको कुरा भएकाले त्यसले निर्वाचन आयोगको तयारीमा कुनै समस्या नपर्ने निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।

‘हामीले ३१ जेठमा हुने निर्वाचनको सबै तयारीलाई अन्तिम चरणमा पुर्याएका छौँ, त्यसैले सरकार परिवर्तनले हाम्रो तयारीमा खासै समस्या हुँदैन’ सचिव मैनालीले नयाँ पत्रिकासँग भने, ‘३१ जेठमा हुने प्रदेश नम्बर १, २, ५ र ७ का स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सामग्री जिल्लामा पुर्याइसकेको छ । ६ जेठदेखि नै सबै जिल्लामा मुख्यनिर्वाचन अधिकृतको कार्यालय खोली कार्यालय सञ्चालन भइरहेको छ ।’

आयोगले निर्वाचन अधिकृतलाई १५ जेठभित्र निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको छ । १९ जेठमा उम्मेदवारको मनोनयन दर्ता हुने गरी निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको समेत स्पष्ट पारेको छ ।नयाँ पत्रिका