पूर्व सुरक्षाकर्मी परिषदकोे प्रवक्तामा लामिछाने

56

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषदको प्रवक्तामा सञ्चारकर्मी मणिराम लामिछाने नियुक्त हुनुभएको छ । गत मंसिर २३ गते बसेको केन्द्रीय परिषदको कार्यसमिति बैठकले लामिछानेलाई प्रवक्तामा चयन गरेको हो ।
बैठक पश्चात परिषदका केन्द्रीय अध्यक्ष के वी राउतले एक बक्तव्य जारी गर्दै भन्नुभएको छ ‘आवश्यकता अनुसार जिम्मेवारी हेरफेर गर्नुपर्र्ने भएको हुँदा परिषदका केन्द्रीय सदस्य श्री हेमशंकर गिरीज्यूले सम्हाल्दै आउन भएको प्रवक्ताको जिम्मेवारी आजैका मितिबाट सहप्रवक्ता एवं सूचना अधिकारी श्री मणिराम लामिछानेलाई दिइएको छ । त्यसैगरी सहप्रवक्ता लामिछानेले सम्हाल्दै आउनु भएको जिम्मेवारी कानुन व्यवसायी एवं केन्द्रीय सदस्य श्री फणिन्द्रराज घिमिरेलाई दिने निर्णय गरिएको छ । परिषदको उत्तरोत्तर प्रगति तथा विकासको लागि उहाँहरुको उल्लेखनीय योगदान रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
नव नियुक्त प्रवक्ता लामिछाने विगत दुई वर्षदेखि केन्द्रीय सदस्य, सहप्रवक्ता तथा सूचना अघिकारीको जिम्मेवारीमा हुुनुहुन्छ भने सहप्रवक्ता घिमिरेले केन्द्रीय सदस्य भई पाल्पा जिल्लाको जिम्मेवारीमा हुनुहुन्छ । प्रवक्ताको मोवाइल नं. ९८४१२०३३४७ रहेको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपाल अवकाश प्राप्त सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय अनुसन्धन, भारतीय गोर्खा, व्रिटिस सेना, सिंगापुर प्रहरी र तिनका परिवारको हक हितको सम्बर्धन, प्रबर्धनका साथै नेपालको राष्टियता, स्वतन्त्रता तथा स्वाधिनता रक्षार्थ स्थापित विशुद्ध गैर राजनीतिक संस्था हो ।
जिम्मेवारी पाए पश्चात प्रवक्ता लामिछानेले ठूलो संख्याम छरिएर रहेका तालिम प्राप्त, दक्ष तथा अनुशासित सुरक्षाकर्मीलाई एकठ्ठा गर्दै देश र जनताको हितमा उपयोग गर्ने बताउनुभयो । कतिपय पूर्व सुरक्षाकर्मी तथा तिनका परिवार पनि समाजमा पिछ्डिएको र अपहेलनामा परेको हुँदा उनीहरुको हक, अधिकारको लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।