जापानिज इन्सेफ्लाइटिस–विरुद्धको भ्याक्सिन चरम अभाव

644

बालबालिकालाई लगाइँदै आएको जापानिज इन्सेफ्लाइटिसविरुद्धकोे खोपको देशैभरि अभाव देखिएको छ । झन्झटिलो टेन्डर प्रक्रियाका कारण समयमा भ्याक्सिन आउन सकेको छैन । सोही कारण लामो समयदेखि जापानिज इन्सेफ्लाइटिस रोग विरुद्धको खोप (जेई भ्याक्सिन) को अभाव देखिँदै आएको हो ।

सरकारले वैशाखलाई खोप महिनाका रूपमा मनाउने घोषणा गरे पनि आवश्यक इन्सेफ्लाइटिस उपलब्ध थिएन । भइपरि आउने अवस्थालाई मध्यनजर गर्दै स्टक राखिएका भ्याक्सिनको पनि बिहीबारबाट म्याद सकिएको बालस्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेले बताए । ‘आवश्यकताअनुसार वैशाखदेखि खोपको अभाव देखिएको थियो’ लामिछानेले भने, ‘जेठको पहिलो साताभित्र भ्याक्सिन आइसक्नुपर्ने भए पनि अझै समय लाग्ने देखिएको छ । यस्तो अवस्थाको अन्य गर्न अत्यावश्यकीय औषधिहरू विभाग आफँैले किन्न पाउनुपर्छ ।’

बालस्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले ६ लाख ६० हजार बच्चालाई प्रत्येक वर्ष जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप दिने गरेको जानकारी दिए । यो खोप अति नै संवेदनशील हो उनले भने, ‘बाल मृत्युदर घटाउन यसले ठूलो भूमिका निर्वाह गरेको छ । एक वर्ष पुगेको बच्चालाई जीवनमा एकपटक यो खोप लगाइन्छ ।