भक्तपुर अस्पताल ३०० बेडमा स्तरोन्नति,

105

राजेश दिदिया

भक्तपुर । भक्तपुर अस्पतालको स्तरोन्नति भभएको छ । भक्तपुरको दूधपाटीस्थित १०० बेडको अस्पताल ३०० बेडको अस्पतालमा स्तरउन्नति भएको हो ।

बागमती प्रदेश सरकारले अस्पताललाई स्तरोन्नति गरेको हो । बागमती प्रदेश सरकार मन्त्री परिषद्को मंसिर ३ गते बसेको बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित अन्य अस्पतालको पनि स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

बैठकले १ हजार ६ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दे हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको छ। सो निर्णयसँगै धादिङ अस्पताल (धादिडबेशी) त्रिशुली अस्पताल, नुवाकोट, हेटौडा अस्पताल, मकवानपुर, सिन्धुली अस्पताल, सिन्धुली, बकुलर अस्पताल, चितवन, सिन्धुपाल्चोक अस्पताल, सिन्धुपाल्चोक, रामेछाप अस्पताल, रामेछाप, पशुपति चौलागाई अस्पताल, दोलखा र मेथिनकोट अस्पताल, काभ्रेको स्तरोन्नति गरिएको छ ।