वडा अध्यक्ष,मेयर,प्रदेश सांसद र पूर्ब मन्त्री किन पुगे एकाबिहानै खोलामा

204

भक्तपुर । प्रदेश सभा सांसद सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री,बागमती प्रदेशका पूर्ब मन्त्री कृष्णलाल भडेल, वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की दलबल सहित मनोहरा खोलामा एका बिहानै पुग्दा स्थानीयहरू अचम्ममा परेका थिए।

मनोहरा खोलामा बन्न लागेको पूल बन्न ढिलाई भएपछि पूर्ब मन्त्री भडेल जनप्रतिनीधिहरूलाई लिएर मनोहरा खोलामा बन्दै गरेको पूल निरिक्षण गर्न पुगेका हुन्। पूर्ब मन्त्री भडेलले ढिलाई भएकोमा निर्माणव्यवसायी र ईञ्जिनियरहरुलाई आक्रोष पोखे।

पैसा र कुनै कारणले ढिलाई हुन नहुने भन्दै तत्काल काम सुरु गर्न निर्देशन दिए। प्रदेश सांसद सुरेश श्रेष्ठ,चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री,वडा अध्यक्ष सिजन कार्कीले जुनसुकै समस्याहरू आएपनि तत्कालै समाधान गर्न आफूहरू कटिबद्ध रहेकाले छिटो काम सम्पन्न गर्न आग्रह गरे।

निर्माण व्यवसायीले भोलिदेखिनै काम सुरु गर्ने बताए। समयमै काम सुरु गरेकोमा मेसिन बिग्रीएर ढिलाई भएको जनाउदै नयाँ ठूलो मेसिन आईसकेकोले ८१ साल सम्ममा पुल बनाईसक्ने बताए।

मनोहरा खोलामा मध्यपुर नगरपालिका र चाँगु नगरपालिकामा दुईवटा पक्किपुलको एकैचोटि शिलान्यास गरिएको थियो।

मध्यपुरमा पुल सम्पन्न हुनलागिसक्दा पनि चाँगुमा भने मेसिनरिकारणले सुरु पनि भएको छैन।

पूर्ब मन्त्री भडेलले दुईवटा पूल निर्माण गर्न १६/१६ करोड बिनियोजन गरिदिएका थिए।