शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।