भक्तपुर । विश्व प्रख्यात दत्तात्रय स्थित मयुर झ्याल झिकिएको छ ।
मयुर झ्याल भएको पुजारी मठ पुन निर्माणका लागि उक्त झ्याल झिकिएको हो ।
देश विदेशबाट उक्त झ्याल हेर्न दैनिक जसो सयौँका सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।
मठ पुन निर्माणका लागि झ्याल झिकिएपछि उक्त झ्याल हेर्नका लागि आव काष्ठकला संग्राहलयमा पर्यटकहरू जानु पर्ने भएको छ ।