सुर्खेतमा बाघको छाला सहित एक पक्राउ

460

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–१३ गुमीका गान्दी आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

“स्थानीयको सुराकीको आधारमा घर खानतलासी गर्दा बाघको छाला फेला परेको हो,” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, “बाघको छालासहित ३० वर्षीय गान्धी अर्याललाई पनि पक्राउ गरेका छौं ।”

प्रहरीका अनुसार गान्धीले आफ्नो सुत्ने कोठामा बाघको छालालाई झुण्ड्याएर राखेका थिए ।

प्रहरीका अनुसार गान्धीले पाँच वर्षअघि एक वृद्ध दम्पतीबाट रु ५ हजारमा सिम्ताबाट बाघको छाला खरिद गरेको बताएका छन् ।

एसपी आचार्यका अनुसार विक्री गर्ने उद्देश्यले भन्दापनि घरमा सजाउनका लागि बाघको छाला राखेको देखिएको छ ।

प्रहरी बरामद गरिएको बाघको छालासहित पक्राउ परेका अर्याललाई थप कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा बुझाएको छ ।