भिलेजमा ५९ जनाद्धारा रक्तदान, सामाजिक कार्यमा सक्रिय हुदै दुई समिति

73
?

भक्तपुर । बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको रोज भिलेजमा आज ५९ जनाले रक्तदान गरेका छन् ।

रोज भिलेज टोल सुधार समिति र रोज भिलेज महिला समूहले आज सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेजमा आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जना महिला र ४० जना पुरुषले रक्तदान गर्नु भएको रोज भिलेज टोल सुधार समितिका अध्यक्ष दुर्गा प्रसाद मल्लले जानकारी दिनुभयो ।

रक्तसञ्चार सेवा केन्द्र भक्तपुर रेडक्रसको प्राविधिक सहयोगमा भएको कार्यक्रममा रक्तदाताहरुलाई समूहका संयोजक मल्लले प्रमाण पत्र प्रदान गर्नुभयो ।

उहाँले १४० घर रहेको रोज भिलेजमा सामाजिक कार्यहरु अगाडि बढाउन, यहाँको समुदायको सेवाको काम गर्ने र आएका समस्याहरु समाधान गर्ने, यहाँको सबल पक्षलाई उजागर गर्ने लक्ष्यका साथ हालै गठन भएको रोज भिलेज टोल सुधार समितिले यहाँका बासिन्दाको सहयोगमा रगतको अभावलाई परिपूर्ती गर्न खुल्ला रक्तदान आयोजना गरेको बताउनुभयो ।

यस क्षेत्रमा सहज स्वास्थ्य सेवा पुर्याउने उदेश्यसहित सामाजिक कार्यलाई अगाडि बढाउने समिति सक्रिय रहेको भन्दै उहाँले महिला समूह र टोल सुधार समिति मिलेर निकट भविष्यमा सुगर, प्रेसरसहित बिभिन्न रोगको निःशुल्क परीक्षण सहितको स्वास्थ्य शिविर आयोजना गर्ने बताउनुभयो ।
महिला समूहले आफ्नो क्षमता अनुसार समूह भित्रका दिदीबहिनी सहित विभिन्न विपन्न समुदायलाई सहयोग गर्ने तथा सामाजिक कार्यमा क्रियाशिल रहने लक्ष्यका साथ अगाडि बढेको महिला समूहका अध्यक्ष सरिता पराजुलीले बताउनुभयो ।

रोज भिलेज महिला समूहले भिलेज बाहिरका समुदायको लागि पनि सामाजिक कार्य गर्दै आएको र गर्दै जाने बताउँदै उहाँले समूहमा आवद्ध ८३ जना महिला दिदी बहिनीहरुबाट महिनाको २०० रुपियाँ संकलन गरी अनाथालयमा आश्रितहलाई न्यानो लुगा, खाद्यान्न प्रदान गर्ने सहित विभिन्न सहयोग गर्दै आएको बताउनुभयो ।

समूहका कोषाध्यक्ष रीना बाबा ग्वंग जोशीले रोज भिलेजका महिलाहरु गृहणीको रुपमा मात्रै नभई आफ्नो क्षमतालाई उजागर गर्ने, अन्य सहयोगी संघ संस्थाहरुको आर्थिक, भौतिक सहयोगबाट सामाजिक अभियानहरु नै चलाउने बताउनुभयो । उहाँले धनको धनी भन्दा पनि मनको धनि हुन सके समाजको सबै समस्या समाधान हुने बताउदै महिलाहरुलाई बिभिन्न कार्यमा सक्रिाय बनाउन महिला समूह लाग्ने बताउनुभयो ।

आफू नेपाली भएर पनि जन्मभूमि बर्मा हाल म्यानमारमा हुर्के बढेर आफ्ना चार पुस्ता पछि अहिले नेपालमै आएर रोज भिलेज बालकोटमा बस्दै आउनु भएकी सोफिया राजकर्णिकारसंगै नेपाली भएर नेपाली समुदायको सेवाका लागि समर्पित हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

समूहका सचिव सुजना भण्डारी पौड्यलले रक्तदानमा महिलाहरु अलि पछाडि परेकाले महिलाहरुले पनि सजि रक्तदान गर्न सक्छन् भन्ने सन्द्श प्रवाह गर्न पाँच पटकसम्म रक्तदान गरेको बताउदै रोज भिलेज भित्रका महिलाहरुले बाहिरका सहुदायसम्म सहयोगी हातहरु पुर्याउदै आएको बताउनुभयो ।