सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

52

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी रहने भएको छ ।

अन्तिम सुनुवाइ सुरु भए पनि बहस अझै सकिएको छैन । यसअघि दुई दिन लगातार सार्वजनिक बिदा भएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ ।