कोन्ज्योसोमको धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण भइरहेको छ : उपाध्यक्ष घिमिरे

53

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिका भित्र भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने कर्यालाई तीव्रता दिएको हो । गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले यस अगाडिका स्थानीय तहका जनप्रतिधिलिे धार्मिक र पर्यटक क्षेत्र चिनाउने गरिएका कामलाई हामीले पनि निरन्तरता दिएको बताउनुभयो ।

उहाँका अनुसार अहिले कोन्ज्योमको वडा नं. ५ को फूलबारीडाँडामा रहेको कोन्ज्योसोम प्रतिमा निर्माण भइसकेको छ । अहिले त्यसको ग्राउन्ट र प्रतिमा सजाउने काम मात्र बाँकी छ । वडा नं. ४ मा पाथीभरा मन्दिर, ३ को दलचोकीमा भ्यूटावार निर्माण गर्ने, त्हाँबाट हिमाल, पहाड र तराई देख्न सकिने, हाइकिन गर्न सकिने संभावना भएको ठाउँ हो उक्त क्ष्ँोत्रको संरक्षण र सम्बद्र्धन गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।


त्यस्तै उक्त ठाउँमा होमस्टे सञ्चालन भएका छन् । शंखु कृषि उत्पादन र पशुपालनको राम्रो स्थाना हो । दलचोकी र शंखुबाट दैनिक १८ हजार लिटर दूध काठमाडौँमा जान्छ । शंखु कृषि र पर्यटकनको राम्रो संभावना भएको गाउँ हो । हामी निर्वाचित जनप्रतिनिधिले कोन्ज्योसोममा त्यही कृषि र पर्यटनको संभावनालाई समृद्धिमा रुपान्तरण गर्ने गरी योजना बनाइ काम गरेका उपाध्यक्ष घिमिरेले स्पष्ट पार्नुभयो ।

गत आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट हामी निर्वाचित जनप्रतिनिधिले नै बनायौं र उक्त योजनाको अनुगमन पनि हामी निर्वाचित जनप्रतिनिधिले नै गरेको उहाँको भनाइ छ । योजनाको अनुगमन गर्दा सम्झौता र लगद स्टिमेट अनुसार फिल्डमा काम भए नभएको प्राविधिक टिमसहितको टोलीले अनुगमन गर्ने गरिएको छ । ठूला योजनाहरुमा योजना कार्यान्वयनको प्राम्भमा, मध्य र योजना सम्पन्न भएपछि तीन चरणमा योजनाको अनुगमन गर्ने गरिएको छ ।
उक्त तीन चरणमा योजना अनुगमन गरी सम्झौता अनुसारका काम भए नभएको एकिन गरी प्राविधिका सहितको टीमको प्रतिवेदनलाई बैठकबाट निर्णय गराई भुक्तानी दिन उपयुक्त छ भनी सिफारिस गरिएपछि मात्र भुक्तानी दिने गरिएको उपाध्यक्ष घिमिरेले बताउनुभयो ।